फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि गरेको छ ।

अन्तर्राष्ट्रिय बजारको मूल्य देखाउँदै निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य कायम गरिएको निगमले जनाएको छ ।

पेट्रोल तथा डिजेल र मट्टीतेलको साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरेको हो । अब पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ ।

हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ रुपैयाँ प्रति लिटर र हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान) मा प्रति किलोलिटर अमेरिकी डलर २० ले वृद्धि गरेर नयाँ बिक्री मूल्य अमेरिकी डलर ७३५ प्रति किलो लिटर कायम गर्ने निर्णय निगमले गरेको छ ।

निगमले डलरसँग नेपाली मुद्राको अववमूल्यनका कारण भविष्यमा अझै मूल्य बढ्न सक्ने बताएको छ।

 

सम्बन्धित खवर