पछिल्लो २४ घन्टामा २ हजार ४ सय ७६ कोरोना संक्रमित थपिए - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पछिल्लो २४ घन्टामा २ हजार ४ सय ७६ कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप २ हजार ४ सय ७६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टाको अवधिमा २७ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । यससँगै अहिलेसम्म मृत्यु हुनेको संख्या ८ हजार ९ सय ४५ पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशभर ९ हजार ५ सय ८६ आरटी पिसिआर र ४ हजार ७ सय ६५ एन्टिजेन गरी कुल १४ हजार ३ सय ५१ जनामा परीक्षण गरिएकोमा २ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ७ सय १४ जना र भेन्टिलेटरमा २ सय १ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार शुक्रबार देशभरबाट ५ हजार ४ सय ५५ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । यससँगै कोरोना जितेर फर्कनेको संख्या ५ लाख ७६ हजार ४ सय १३ पुगेको छ ।

सम्बन्धित खवर