नेपालमा थप २ हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा थप २ हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप २ हजार ६ सय २२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टाको अवधिमा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार २ सय ४८ पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशभर ७ हजार ४ सय ९९ आरटी पिसिआर र ४ हजार २८ एन्टिजेन गरी कुल ११ हजार ५ सय २७ जनामा परीक्षण गरिएकोमा २ हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ५ सय ७१ जना र भेन्टिलेटरमा १ सय ८० जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार सोमबार देशभरबाट २ हजार २ सय ११ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । यससँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ११ हजार ४ सय २९ पुगेको छ ।

सम्बन्धित खवर