नेपालमा थप २ हजार ९ सय ७७ जनमा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा थप २ हजार ९ सय ७७ जनमा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु

काठमाडौं । नेपालमा शुक्रबार थप २ हजार ९ सय ७७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ३० हजार १ सय ४६ पुगेको छ ।

देशभरि गरिएको १३ हजार ६ सय ९८ पिसिआर परिक्षणका क्रममा १ हजार ९ सय ८२ जना र ३ हजार ६ सय १० एन्टिजेन परिक्षणका क्रममा ९ सय ९५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरि कोरोनाका संस्क्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ९ हजार ६ सय ७९ जनाको मृत्यु भएको छ ।

त्यस्तै, थप १ हजार ६ सय ७८ जना निको हुँदा हालसम्म नेपालमा ६ लाख ३९ हजार ३ सय ६८ संक्रमित निको भएका छन् ।

अहिले सम्म नेपालमा २७ हजार ६ सय ६१ सक्रिय संक्रमित आइसोलेसन र ३ सय ३५ जना क्वारेन्टिनमा छन् ।

 

सम्बन्धित खवर