नेपालमा कोरोना संक्रमणदर उक्लिदैं, थप ३ हजार १ सय १४ जना संक्रमित - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा कोरोना संक्रमणदर उक्लिदैं, थप ३ हजार १ सय १४ जना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय १४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९ सय १० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ३ सय ९ र एन्टिजेन विधिबाट ८ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैगरि नेपालमा कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ । अहिलेसम्म् नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ९ हजार ६ सय ९५ रहेको छ ।

नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ७९ हजार १७ जना र एन्टिजेन विधिबाट ५४ हजार २ सय ४३ जनामा संक्रमण पुष्टि भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिले नेपालमा २५ हजार ८६ जना होम आइसोलेसन, २ हजार ६ ससय ७१ जना संस्थागत आइसोलेसन, ६ सय ५० जना आईसीयू र १ सय ६५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

मन्त्रालयका अनुसार यो अवधिमा थप २ हजार १ सय ९७ जना कोरोना संक्रमण मुक्त भएका छन् । अहिलेसम्म कूल संक्रमितमध्ये ७ लाख ४१ हजार ५ सय ६५ जना संक्रमणमुक्त भइसकेका छन् ।

 

सम्बन्धित खवर