काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप ३ हजार ४ सय २१ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् ।
यसैगरि पछिल्लो २४ घन्टाको अवधिमा थप २५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको भएको छ । यससँगै अहिलेसम्म मृत्यु हुनेको संख्या ९ हजार ७ सय ३८ पुगेको छ ।
पछिल्लो २४ घन्टामा देशभर १२ हजार २ सय ४० आरटी पिसिआर र ५ हजार ३२ एन्टिजेन गरी कुल १७ हजार २ सय ७२ जनामा परीक्षण गरिएकोमा ३ हजार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ६ सय ६९ जना र भेन्टिलेटरमा १ सय ६६ जना उपचाररत छन् ।
मन्त्रालयका अनुसार सोमबार देशभरबाट १ हजार ६ सय ८६ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । यससँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ४५ हजार ३ सय ११ पुगेको छ ।