कोरोना संक्रमण निरन्तर बढ्दै, थप ३ हजार ८ सय ९९ जनामा कोरोना पुष्टि - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमण निरन्तर बढ्दै, थप ३ हजार ८ सय ९९ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टाको अवधिमा थप २० जनाको कोरोन संक्रमणबाट मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७ सय ५८ पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशभर १२ हजार ६ सय ५५ आरटी पिसिआर र ४ हजार ८ सय ६३ एन्टिजेन गरी कुल १७ हजार ५ सय १८ जनामा परीक्षण गरिएकोमा ३ हजार ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ६ सय ११ जना र भेन्टिलेटरमा १ सय ७१ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार मंगलबार देशभरबाट १ हजार ७ सय ७८ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । यससँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ४७ हजार ७९ पुगेको छ ।

सम्बन्धित खवर