काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप ३ हजार ३ सय ६५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
यसैगरि पछिल्लो २४ घन्टाको अवधिमा १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको भएको छ । यससँगै अहिलेसम्म मृत्यु हुनेको संख्या ९ हजार ८ सय ७ पुगेको छ ।
पछिल्लो २४ घन्टामा देशभर ९ हजार ५ सय ५५ आरटी पिसिआर र ४ हजार ६ सय ८७ एन्टिजेन गरी कुल १४ हजार २ सय ४२ जनामा परीक्षण गरिएकोमा ३ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ६ सय ३६ जना र भेन्टिलेटरमा १ सय ६० जना उपचाररत छन् ।
मन्त्रालयका अनुसार बिहीबार देशभरबाट थप १ हजार ३ सय ७३ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । यससँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ५० हजार ४ सय ४५ पुगेको छ ।