नेपालमा थप ३ हजार ६ सय ११ जनामा कोरोना पुष्टि, २७ जनाको मृत्यु - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा थप ३ हजार ६ सय ११ जनामा कोरोना पुष्टि, २७ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३ हजार ६ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने १ हजार ८ सय १६ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय ८३ पीसीआर परीक्षण गर्दा २ हजार ४ सय ६७ जना र ४ हजार ८ सय ७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १ सय ४४ गरी ३ हजार ६ सय ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

शुक्रबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९३ हजार १ सय ९ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ । तीमध्ये ९ हजार ८ सय ३४ जनाको मृत्यु भएको छ भने ६ लाख ५२ हजार २६१ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार १४ जना रहेका छन् । जसमध्ये २७ हजार ८ सय २० जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १ सय ९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६ सय ८६ जना आईसीयू र १ सय ६१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

सम्बन्धित खवर