काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप ३ हजार १ सय ६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
यसैगरि पछिल्लो २४ घन्टाको अवधिमा थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै अहिलेसम्म मृत्यु हुनेको संख्या ९ हजार ८ सय ५७ पुगेको छ ।
मन्त्रालयका अनुसार शनिबार देशभरबाट १ हजार ९ सय १९ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । यससँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ५४ हजार १ सय ७७ पुगेको छ ।
पछिल्लो २४ घन्टामा देशभर ९ हजार २ सय ६३ आरटी पिसिआर र ४ हजार २ सय ५६ एन्टिजेन गरी कुल १३ हजार ५ सय १९ जनामा परीक्षण गरिएकोमा ३ हजार १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ७ सय ६ जना र भेन्टिलेटरमा १ सय ६६ जना उपचाररत छन् ।