नेपालमा थपिए २ हजार ५ सय ६८ जना कोरोना संक्रमित, १८ जनाको मृत्यु - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा थपिए २ हजार ५ सय ६८ जना कोरोना संक्रमित, १८ जनाको मृत्यु

काठमाडौं । नेपालमा आइतबार थप २ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ५९ हजार ३ सय ७ पुगेको छ ।

यसैगरि नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ । यससँगै अहिलेसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ८ सय ७५ पुगेको छ ।

देशभर गरिएको ८ हजार ४ सय २ पिसिआर परिक्षणका क्रममा १ हजार ९ सय ८१ र ४ हजार २ सय ३४ एन्टीजेन परिक्षणका क्रममा ५ सय ८७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप २ हजार २० संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ५६ हजार १ सय ९७ जना कोरोना मुक्त भएका छन् । हाल नेपालमा ३१ हजार २ सय ९८ सक्रिय संक्रमित आइशोलेशन र ३ सय ७५ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३६ लाख ११ हजार ८ सय ६७ वटा पिसिआर र ३ लाख २२ हजार ६ सय १ वटा एन्टीजेन परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित खवर