बढ्यो कोरोना संक्रमित : थप ४ हजार १ सय ७ जनामा कोरोना पुष्टि - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बढ्यो कोरोना संक्रमित : थप ४ हजार १ सय ७ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप ४ हजार १ सय ७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

यसैगरि पछिल्लो २४ घन्टाको अवधिमा ३५ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ९ सय ५७ पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशभर ११ हजार ३ सय ५४ आरटी पिसिआर र ४ हजार ९ सय ४४ एन्टिजेन गरी कुल १६ हजार २ सय ९८ जनामा परीक्षण गरिएकोमा ४ हजार १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बुधबार देशभरबाट १ हजार ५ सय ३५ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । यससँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ६१ हजार ६ सय ५१ पुगेको छ ।

सम्बन्धित खवर