काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३ हजार ९ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८ हजार ७९ पुगेको छ ।
यसैगरि पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै अहिलेसम्म कोरोनाबाट मृत्यू हुनेको संख्या ९ हजार ९ सय ९४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ७० पीसीआर परीक्षणमा ३ हजार ७ जना र ६ हजार ५ सय ३८ एन्टिजेन परीक्षणमा ९ सय ३१ जना गरी ३ हजार ९ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्ले २४ घण्टाको अवधीमा थप २ हजार १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म ६ लाख ६३ हजार ६ सय ६३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ४ सय २२ जना रहेका छन् । जसमध्ये ३१ हजार १ सय ८ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३ सय १४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये ७ सय १३ जना आईसीयू र १ सय ५८ जना भेन्टिलेटरमा उपचाररत् रहेको सरकारी तथ्यांकमा उल्लेख छ ।