काठमाडौं । एसईईको परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डले आगामी हप्ताभित्र सार्वजनिक गर्ने भएको छ ।
बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलका अनुसार राष्ट्रिय परीक्षा बोर्डमा एसईईको मूल्यांकन प्रगतिबारे बिहीबार छलफल गरेको छ ।
अध्यक्ष पौडेलका अनुसार आज एसईईको मूल्यांकन प्रगतिबारे बुझ्दा प्राविधिक सम्पादन मात्रै बाँकी रहेको पाइएकोले आगामी हप्ताभित्र सार्वजनिक हुने भएको हो ।
गत जेठ १३ गतेदेखि तय भएको एसईईको परीक्षा कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलन थालेपछि भौतिक रुपमा एसईई परीक्षा हुन नसक्ने भएपछि बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ ल्याउँदै आन्तरिक मूल्यांकन गर्न निर्देशन दिएको थियो ।