काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा देशभर थप ३ हजार ७ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको १० हजार संख्या पुगेको हो ।
यसैगरि पछिल्लो २४ घण्टामा १ हजार ८ सय ८५ जना निको भएका छन् ।
९ हजार ४ सय ९३ पीसीआर परीक्षण गर्दा २ हजार ४ सय ३० जना र ६ हजार १ सय ८२ एन्टिजेन परीक्षण गर्दा १ हजार २ सय ९९ गरी ३ हजार ७ सय २९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।