काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३ हजार २ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८० हजार ८ सय ७ पुगेको छ ।
यसैगरि पछिल्लो २४ घण्टाको अवधिमा कोरोनाका कारण थप १९ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा १० हजार ३८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
शनिबार देशभर गरिएको ८ हजार ८ सय ६६ पिसिआर परिक्षणका क्रममा २ हजार २ सय ३१ जना र ४ हजार ७ सय ७ वटा एन्टीजेन परिक्षणका क्रममा ९ सय ८७ जनामा कोरोना पुष्टि भएको स्वस्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा थप १ हजार ७ सय २२ संक्रमित निको हुँदा हालसम्म ६ लाख ६७ हजार २ सय ७० जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा ३५ हजार ४ सय ३२ सक्रिय संक्रमित आइशोलेन र ४ सय ४३ जना क्वारेन्टाइनमा छन् ।
हालसम्म ३६ लाख ७४ हजार ७ सय १ वटा पिसिआर र ३ लाख ५४ हजार २ सय ५० वटा एन्टीजेन परिक्षण गरिएको छ । यसैगरि हालसम्म नेपालमा २३ लाख ५९ हजार ७ सय ९३ जनाले कोरोनाविरुद्धको पूर्ण मात्राको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।