नेपालमा थप २ हजार ५ सय ४८ जनामा कोरोना पुष्टि, ५५ जनाको मृत्यु - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा थप २ हजार ५ सय ४८ जनामा कोरोना पुष्टि, ५५ जनाको मृत्यु

काठमाडौं । नेपालमा आइतबार थप २ हजार ५ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८३ हजार ३ सय ५५ पुगेको छ ।

यसैगरि कोरोनाका कारण थप ५५ जनाको मृत्यु भएको छ । यससंगै नेपालमा कोरोनाका कारण १० हजार ९३ जनाले ज्यान गुमाएका छन् ।

देशभर गरिएको ९ हजार ३३ पिसिआर परिक्षणका क्रममा २ हजार १ सय ३७ र ३ हजार ३ सय ४५ एन्टीजेन परिक्षणका क्रममा ४ सय ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थप दुई हजार २९ संक्रमित कोरोनामुक्त हुदा हालसम्म नेपालमा ६ लाख ६९ हजार २९९ संक्रमित निको भएका छन् । हाल ३५ हजार ४ सय ८५ सक्रिय संक्रमित आइशोलेशन र ४ सय ७५ जना क्वारेन्टाइनमा छन् ।

सम्बन्धित खवर