नेपालमा थप ४ हजार ९ सय ४ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा थप ४ हजार ९ सय ४ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ४ हजार ९ सय ४ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरि नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १ सय ५० पुगेको सरकारी तथ्यांकमा उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा १३ हजार २ सय १७ नमूना पिसिआर परीक्षण गर्दा ३ हजार १ सय ९४ मा संक्रमण देखिएको हो ।

यस्तै एन्टिजेन विधिबाट ५ हजार ९ सय ६ मा परीक्षण गर्दा १ हजार ७ सय १० मा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार १ सय १५ जना कोरोनाबाट मुक्त भएका छन् । यससँगै कोरोनाबाट निको हुनेको संख्या ६ लाख ७३ हजार १ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित खवर