काठमाडौं । लोकसेवा आयोगले लिने कुनै पनि परीक्षा स्थगित नगर्ने जनाएको छ ।
हालको कोरोना संक्रमणको विसम परिस्थितिमा पनि आयोगले तालिका प्रकाशित गरेको परीक्षाहरु नरोक्ने निर्णय गरेको हो ।
आयोगले साउन १५ गतेदेखि असोज २३ गतेसम्म हुने परीक्षा तालिका प्रकाशित गरी परीक्षा सञ्चालन गरिरहेको छ ।
आयोगको तालिकामा प्रकाशित गरेका परीक्षाहरु सञ्चालन भईरहेका छन् भने अबका परीक्षाहरु पनि तोकिएकै समयमा हुने र परीक्षा स्थगित गर्नेबारे छलफल नै नभएको आयोगका प्रवक्ता तोयनारायण सुवेदीले बताए ।
आयोगले आ.व. २०७६–०७७ र आ.व. २०७७–०७८ मा विज्ञापन भई परीक्षा सञ्चालन हुन बाँकी विभिन्न तहका परीक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ ।