कुलमान घिसिङ विद्युत प्राधिकरणमा नियुक्त, आज पदभार सम्हाल्दै - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कुलमान घिसिङ विद्युत प्राधिकरणमा नियुक्त, आज पदभार सम्हाल्दै


काठमाण्डौं । सरकारद्वारा नियुक्त भएका नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले आजबाट जिम्मेवारी सम्हाल्दै छन ।

यसअघि ४ वर्षे कार्यकाल पूरा गरी बिदा भएका घिसिङलाई देउवा सरकारले पुनः विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्ति गरेकोे हो ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सोमबार मन्त्रिपरिषद् बैठकमा पेस गरेको प्रस्तावअनुसार सरकारले घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनःनियुक्त गरेको हो ।

मन्त्री भुसालकै प्रस्तावअनुसार यसअघिका प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा पठाइएको छ ।

शाक्यलाई प्राधिकरणमा खाईपाई आएको तलब सुविधा दिनेगरी आयोगमा पठाउने प्रस्ताव गरिएको हो ।

 

सम्बन्धित खवर