नेपालमा थप ३ हजार ४ सय ८१ जनामा कोरोना पुष्टि, ३० जनाको मृत्यु - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा थप ३ हजार ४ सय ८१ जनामा कोरोना पुष्टि, ३० जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप ३ हजार ४ सय ८१ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यसैगरि पछिल्लो २४ घन्टाको अवधिमा ३० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार १ सय ८० पुगेको छ ।

मन्त्रालयका अनुसार बुधबार देशभरबाट १ हजार ८ सय ८५ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । यससँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ७५ हजार ८३ पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशभर १० हजार ९ सय ७ आरटी पिसिआर र ५ हजार ७ सय ४९ एन्टिजेन गरी कुल १६ हजार ६ सय ५६ जनामा परीक्षण गरिएकोमा ३ हजार ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

संक्रमितहरूमध्ये ३४ हजार ८ सय १३ जना होम आइसोलेसनमा, ३ हजार २ सय २० संस्थागत आइसोलेसनमा र ३ सय ९९ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ७ सय ९६ जना र भेन्टिलेटरमा १ सय ८४ जना उपचाररत छन् ।

 

सम्बन्धित खवर