नेपालमा थप ३ हजार २ सय ६० जनामा कोरोना पुष्टि, ३२ को मृत्यु - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा थप ३ हजार २ सय ६० जनामा कोरोना पुष्टि, ३२ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप ३ हजार २ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यसैगरि नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप ३२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको भएको छ । यससँगै अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार २ सय १२ पुगेको छ ।

मन्त्रालयका अनुसार बिहीबार देशभरबाट २ हजार २ सय ९४ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । यससँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ७७ हजार ३ सय ७७ पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशभर १० हजार ८ सय ६ आरटी पिसिआर र ४ हजार ६ सय ५६ एन्टिजेन गरी कुल १५ हजार ४ सय ६२ जनामा परीक्षण गरिएकोमा ३ हजार २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

संक्रमितहरूमध्ये ३४ हजार ८ सय ३८ जना होम आइसोलेसनमा, ३ हजार ३ सय ४२ संस्थागत आइसोलेसनमा र ४ सय ४१ जना क्वारेन्टिनमा रहेका छन् ।

यसैगरि मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ७ सय ३७ जना र भेन्टिलेटरमा १ सय ८३ जना उपचाररत छन् ।

 

सम्बन्धित खवर