काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप ३ हजार ९ सय १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यसैगरि नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप २७ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । यससँगै अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार २ सय ३९ पुगेको छ ।
मन्त्रालयका अनुसार शुक्रबार देशभरबाट २ हजार १ सय १८ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । यससँगै नेपालमा कोरोना जितेर फर्कनेको संख्या ६ लाख ७९ हजार ४ सय ९५ पुगेको छ ।
पछिल्लो २४ घन्टामा देशभर ११ हजार ७ सय ८ आरटी पिसिआर र ६ हजार ८ सय ७४ एन्टिजेन गरी कुल १८ हजार ५ सय ८२ जनामा परीक्षण गरिएकोमा ३ हजार ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
संक्रमितहरूमध्ये ३५ हजार ५ सय १८ जना होम आइसोलेसनमा, ३ हजार २ सय ८० संस्थागत आइसोलेसनमा र ४ सय ३९ जना क्वारेन्टिनमा रहेका छन् ।
यसैगरि मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ७ सय ३७ जना र भेन्टिलेटरमा १ सय ८६ जना उपचाररत छन् ।