२२ जना कांग्रेस केन्द्रीय सदस्यहरुद्वारा सामूहिक राजीनामा - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

२२ जना कांग्रेस केन्द्रीय सदस्यहरुद्वारा सामूहिक राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका २२ जना केन्द्रीय सदस्यहरुले पदबाट सामूहिक राजीनामा दिएका छन् ।

शुक्रबार केन्द्रीय समिति बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको घोषणा गरेका हुन् ।

पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य स्वतह महाधिवेशन आउने प्रावधान आमन्त्रित केन्द्रीय सदस्यको हकमा लागू नभएको भन्दै उनीहरुले र असन्तुष्टि जनाउदै राजीनामा घोषणा गरेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।

उनीहरुले कांग्रेसको विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई क्षेत्रीय प्रतिनिधि सरह अधिकार नदिएको भन्दै राजीनामा गरेका हुन् ।

सामूहिक राजीनामा घोषणा गरेका २२ केन्द्रीय सदस्यहरु यी हुन्

१. नन्दनकुमार दत्त
२. कुमार खड्का
३. बालकृष्ण पाण्डेय
४. गोरख (आनन्द) विष्ट
५. नरेन्द्रकुमार चौधरी
६. हसन अन्सारी
७. किरणराज शर्मा पौडेल
८. रमा कोइराला पौडेल
९. कृष्णकिशोर घिमिरे
१०. गोपालकुमार बस्नेत
११. सुधीरकुमार शिवाकोटी
१२. मनोहरनारायण श्रेष्ठ
१३. ध्रुव वाग्ले
१४. मोहनसिंह राठौर
१५. शम्भुलाल श्रेष्ठ
१६. अभिषेख प्रताप शाह
१७. दयाराम पाण्डे
१८. जनकराज कलौनी
१९. भूमिबहादुर (विश्व) गुरुङ
२०. आशाराम चौधरी
२१. दिलीप राई
२२. राजेश बहादुर सिंह

सम्बन्धित खवर