महागुरु फाल्गुनन्दको प्रतिमा संरक्षण समिति गठन - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

महागुरु फाल्गुनन्दको प्रतिमा संरक्षण समिति गठन


तेह्रथुम । तेह्रथुमको आठराई त्रिबेणी १ संक्रान्तीबजारमा अवस्थित राष्ट्रिय विभुति महागुरू फाल्गुनन्द लिङ्देनको प्रतिमा संरक्षण गरिने भएको छ ।

शुक्रबार प्रतिमा संरक्षण, सम्वर्धन तथा सेवापुजाको गर्नको निमित्त स्थानीय समाजसेवी एवं बुद्धिजिवी विष्णुकुमारी मावोको अध्यक्षतामा २१ सदस्यीय ‘फाल्गुनन्द प्रतिमा संरक्षण समिति’ गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा रत्न मुसाहाङ, सचिवमा मृगेन ईङ्नाम, सह–सचिवमा लिला कुमारी(संगीता) ईङ्नाम पाहिम, कोषाध्यक्षमा लक्ष्मी कार्की चुनिएका छन् ।

यसैगरी सदस्यहरूमा क्रमशः लोकमान ईश्वो, उमादेवी ईङ्नाम, धन वहादुर पन्धाक, दिलकुमार पाहिम, नरेन्द्र कुमार ईङ्नाम, युवराज ईङ्नाम, देउकुमारी ईङ्नाम कन्दङ्वा, चक्रवहादुर ईङ्नाम, लाख वहादुर पन्धाक, दिलकुमार चोङ्वाङ, स्वामी तेजमान कन्दङ्वा, पुर्ण वहादुर सिंगोक, शेरवहादुर (विकाश)ईङ्नाम, विशाल ईङ्नाम, रामकुमार ईङ्नाम र दिलमाया ईङ्नाम रहेको निर्वाचित सचिव इङनामले बताए ।

यस्तै सल्लाहकार समितिमा प्रमुख सल्लाहकार भगीराज ईङ्नाम (काठमाण्डौ), त्यसैगरी सल्लाहकारहरू चन्द्र वहादुर ईङ्नाम (यूके), श्यामकुमार ईङ्नाम (हङकङ), नगेन्द्र ईङ्नाम (अमेरिका), विजयसागर कन्दङ्वा(छातेढुङ्गा), रोहित कन्दङ्वा (थोक्लुङ्), प्रेम पौड्याल(संक्रान्ती), गोपी ढुङ्गाना (खाम्लालुङ्) र अकलवहादुर ईङ्नाम (ह्वाकु) रहेका छन् ।

संक्रान्तिबजारमा निर्मित किरातधर्मावलम्बीहरुको आस्थाको धरोहर महागुरु फाल्गुनन्दको शालिकलाई संरक्षण गर्दै किरात धर्म प्रति सचेतना जोगाउन र त्यस क्षेत्रमा रहेका किरातजातीहरुमा धार्मिक तथा सांस्कृतिक परिवर्तनसँगै भाषा संस्कार संस्कृति संरक्षणको लागि समेत समिति सक्रिय रहने नव निर्वाचित सचिव इङनामले बताए ।

 

सम्बन्धित खवर