यादन सेर्माको आवजमा माङसिवा खाहुन ‘ओत् तागेरा’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • बिहिबार, असार ११, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यादन सेर्माको आवजमा माङसिवा खाहुन ‘ओत् तागेरा’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । मुन्धुमी गीत संगीतमा दखल राख्ने ख्याति प्राप्त गायक, गीतकार तथा संगीतकार यादन सेर्मा लिम्बूको सुमधुर आवाजमा सजिएको माङसिवा खाहुन (किारत भजन) ‘ओत् तागेरा’ सार्वजनिक गरिएको छ ।

किरात धर्मदर्शन दाता राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ लिङदेन महागु फाल्गुन्न तथा बर्त किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेईङ’ बाट माङबाणी भएको माङसिवा खाहुन (किारत भजन) ‘ओत् तागेरा’ गायक यादन सेर्मा लिम्बूको अफिसिय यट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

श्याम लिम्बूको संगीत संयोजनमा श्रद्धा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको माङसिवा खाहुनलाई श्रवण गर्दा र त्यसको गहिराइमा डुव्दा जीवनै आनन्द अनि मुक्ति दिलाउने अमर बाणीहरु समावेश गरिएको लिरिकल लिप्सिङ भिडियोलाई कृष्ण थलङले छायाँकन तथा सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर