काठमाडौं । नेपालमा शनिबार थप २ हजार ६ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ५ हजार १ सय ९० पुगेको छ ।
यसैगरि नेपालमा शनिबार कोरोनाका कारण थप २० जनाको मृत्यु भएको छ । यससंगै नेपालमा १० हजार २ सय ५९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
नेपालमा थप १ हजार ३ सय २० संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ८० हजार ८ सय १५ संक्रमित कोरोनामुक्त भएका छन् ।
देशभर गरिएको ८ हजार ६ सय ६७ पिसिआर परिक्षणका क्रममा १ हजार ९ सय ४७ र ४ हजार ९ सय ६ एन्टीजेन परिक्षणका क्रममा ६ सय ७७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा ३९ हजार ४ सय ५ सक्रिय संक्रमित आइशोलेशन र ४ सय ११ जना क्वारेन्टाइनमा छन् ।
हालसम्म नेपालमा ३७ लाख ४९ हजार ४ सय ८४ वटा पिसिआर र ३ लाख ९१ हजार ८ सय ३५ एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।