देशभर थप २ हजार २ सय १२ जनामा कोरोना संक्रमण पुष्टि, ३३ को मृत्यु - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देशभर थप २ हजार २ सय १२ जनामा कोरोना संक्रमण पुष्टि, ३३ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २ सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्ैगरि नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ३३ जनाको मृत्यु भएकोस्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै मृतकको कुल संख्या १० हजार २ सय ९२ पुगेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ८ सय ६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म ६ लाख ८२ हजार ६ सय ८२ जना संक्रमणमुक्त भएका छन् ।

बितेको २४ घण्टामा १२ हजार १ सय ६ जनामा गरिएको परीक्षणमा २ हजार २ सय १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर ३९ हजार २ सय ९८ सक्रिय संक्रमित रहेका छन् ।

यससँगै देशभर संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ३२ हजार २ सय ७२ र एन्टिजेन विधिबाट गरिएको ७५ हजार १ सय ३० जनामा संक्रमण पुष्टि भएको सरकारी तथ्यांकमा उल्लेख छ ।

सम्बन्धित खवर