सरकारद्वारा अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन आग्रह - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सरकारद्वारा अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन आग्रह

काठमाडौं । अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन सरकारले आग्रह गरेको छ ।

आइतबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलनका लागि अनलाइन रजिस्ट्रेसन शुरु गरेको जानकारी दिएको छ ।

अब अफगानिस्तानमा रहेका नेपाली नागरिक वा उनीहरुको परिवारका सदस्यले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/np/   मा आफ्नो नामसहितको विवरण समावेश गर्न सकिनेछ ।

परराष्ट्र मन्त्रालयले उद्धारसँग सम्बन्धित सम्पर्कको लागि भाइबर, ह्वाट्सएप सुविधासहितको मोबाइल नम्बरहरु समेत सार्वजनिक गरेको छ ।

उद्धारका लागि ९७७–९७७४९३२६४५८ (कन्सुलर सेवा विभाग) र ९७७–९७७४९३२६४५९ ((परराष्ट्र मन्त्रालय)) मा सम्पर्क गर्न सकिनेछ ।

काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगहरु तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुमा कार्यरत नेपालीहरुलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन नेपाल सरकारले पहल थालेको हो ।

सम्बन्धित खवर