काठमाडौं । अमेरिकाले अफगानिस्तानको काबुलबाट उद्धार गरेका १ सय २७ जना नेपली स्वदेश आइपुगेका छन् ।
अफगानिस्तानबाट उद्धार गरेर कतारको दोहा र कुवेतमा लगेर राखिएका उनीहरू मंगलबार बिहान काठमाडौं आइपुगेका हुन् ।
अमेरिकी दूतावासमा सुरक्षागार्डका रुपमा रहेका ३ सय ८५ नेपालीलाई अमेरिकाले त्यहाँबाट उद्धार गरी कतारको दोहा पु¥याएको थियो । तीमध्ये १ सय २७ जना आज बिहान आइपुगेका हुन् ।
अफगानिस्तानमा विद्रोही तालिवानले सत्ता कब्जा गरेपछि उत्पन्न परिस्थितिपछि त्रासमा रहेका नेपालीलाई उद्धार गरेर स्वदेश फर्काउन लागिएको हो ।
त्यहाँ अलपत्र सबै नेपाली नागरिकहरूलाई सुरक्षित साथ नेपाल ल्याइने सरकारले बताएको छ ।
नेपाली समयअनुसार बिहान सवा १० बजे जजिरा एयरलाइन्सको विमान कुवेतबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।