काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३ हजार २ सय ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यसैगरि नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २७ जनाले ज्यान गुमाएका छन् । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ३ सय ५४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९ सय २९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३९ हजार ८ सय ७१ जना सक्रिय संक्रमित रहेका छन् ।
देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट गरिएको परीक्षणमा ७ लाख ३७ हजार २ सय ९४ पुगेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७६ हजार ८ सय ३३ जना पुगेको छ ।