काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप ३ हजार ४ सय ३ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यसैगरि पछिल्लो २४ घन्टाको अवधिमा थप ४२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ३ सय ९६ पुगेको छ ।
मन्त्रालयका अनुसार बुधबार देशभरबाट २ हजार १ सय ४ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । यससँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ८९ हजार १ सय ७३ पुगेको छ ।
पछिल्लो २४ घन्टामा देशभर ११ हजार ८ सय ३९ आरटी पिसिआर र ४ हजार ९ सय ९९ एन्टिजेन गरी कुल १६ हजार ८ सय ३८ जनामा परीक्षण गरिएकोमा ३ हजार २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
संक्रमितहरूमध्ये ३६ हजार ८ सय ६ जना होम आइसोलेसनमा, ३ हजार ५ सय ३२ संस्थागत आइसोलेसनमा र ४ सय ५७ जना क्वारेन्टिनमा रहेका छन् ।
यसैगरि मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ७ सय ७० जना र भेन्टिलेटरमा १ सय ८६ जना उपचाररत छन् ।