काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप ३ हजार ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यसैगरि पछिल्लो २४ घन्टाको अवधिमा थप ३३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको भएको छ । यससँग कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ४ सय २९ पुगेको छ ।
मन्त्रालयका अनुसार बिहीबार देशभरबाट २ हजार १ सय २६ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । यससँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ९१ हजार २ सय ९९ पुगेको छ ।
पछिल्लो २४ घन्टामा देशभर ११ हजार ९ सय ४६ आरटी पिसिआर र ४ हजार ४ सय ९२ एन्टिजेन गरी कुल १६ हजार ४ सय ३८ जनामा परीक्षण गरिएकोमा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमितहरूमध्ये ३७ हजार १ सय १४ जना होम आइसोलेसनमा, ३ हजार ३ सय ८६ संस्थागत आइसोलेसनमा र ३ सय ८५ जना क्वारेन्टिनमा रहेका छन् ।
यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ७ सय ३९ जना र भेन्टिलेटरमा १ सय ६८ जना उपचाररत छन् ।