देशभर थप ३ हजार ४२ जनामा कोरोना पुष्टि, २६ जनाको मृत्यु - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देशभर थप ३ हजार ४२ जनामा कोरोना पुष्टि, २६ जनाको मृत्यु

काठमाडौं । नेपालमा शुक्रबार थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २३ हजार ६ सय ४७ पुगेको छ ।

यसैगरि नेपालमा कोरोनाका कारण थप २६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा १० हजार ४ सय ५५ जनाले कोरोनाका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा थप २ हजार २ सय ४४ संक्रमित कोरोनामुक्त भएर घर फर्किएका छन् । यससँगै नेपालमा ६ लाख ९३ हजार ५ सय ४३ जना कोरोनामुक्त भएका छन् ।

देशभर गरिएको १० हजार ५ सय ३० पिसिआर परिक्षणका क्रममा २ हजार ७९ र ७ हजार १ सय २४ एन्टिजेन परिक्षणका क्रममा ९ सय ६३ जनामा कोरोना पुष्टि भएको छ ।

हाल नेपालमा ४० हजार ३ सय ९ सक्रिय संक्रमित आइसोलेसनमा र ४ सय ४६ जना क्वारेन्टिनमा छन् ।

यसैगरि नेपालमा ३८ लाख १३ हजार ५ सय ४५ वटा पिसिआर र ४ लाख २४ हजार १ सय १० वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित खवर