काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप २ हजार ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यसैगरि पछिल्लो २४ घन्टाको अवधिमा थप ३० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको भएको छ । यससँगै नेपालमा मृत्यु हुनेको संख्या १० हजार ४ सय ८५ पुगेको छ ।
यस्तै मन्त्रालयका अनुसार शनिबार देशभरबाट २ हजार ३ सय ८२ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । यससँगै नेपालमा कोरोना जितेर फर्कनेको संख्या ६ लाख ९५ हजार ९ सय २५ पुगेको छ ।
पछिल्लो २४ घन्टामा देशभर ७ हजार ७ सय ३० आरटी पिसिआर र ५ हजार ४ सय ७२ एन्टिजेन गरी कुल १३ हजार ७५ जनामा परीक्षण गरिएकोमा २ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमितहरूमध्ये ३६ हजार १५ जना होम आइसोलेसनमा, ३ हजार ३ सय ६ संस्थागत आइसोलेसनमा र ४ सय २३ जना क्वारेन्टिनमा रहेका छन् ।
यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ७ सय १८ जना र भेन्टिलेटरमा १ सय ६६ जना उपचाररत छन् ।