प्रेस मञ्चको अन्तरक्रिया कार्यक्रम सम्पन्न - Mangsebung News
  • बिहिबार, असार २६, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रेस मञ्चको अन्तरक्रिया कार्यक्रम सम्पन्न

इलाम । प्रेस मञ्च नेपाल र अबको यात्रा विषयक जुम छलफल तथा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

प्रेस मञ्च नेपाल केन्द्रीय उपाध्यक्ष तथा प्रदेश १ इन्चार्ज कमन देवानको प्रमुख आतिथ्यमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रेस मञ्च नेपाल केन्द्रीय उपमहासचिवद्धय देबेन्द्र खापुङ र दीपेन्द्र रुम्दाली, प्रेस मञ्च नेपाल प्रदेश नं. १ का अध्यक्ष तथा केन्द्रीय सदस्य फिपराज बेघाको सहभागिता रहेको थियो ।

त्यसैगरी मञ्चका केन्द्रीय सदस्य तथा इलाम जिल्ला सल्लाहकार राम योङहाङ, प्रदेश सचिव सुसन राई लगायत मञ्चका प्रदेश सदस्यहरु, प्रदेश नं. १ अन्तर्गत विभिन्न जिल्लाका नेतृत्वकर्ताहरु र इलाम जिल्लाका पदाधिकारी तथा सदस्यहरु सहभागि भएका थिए ।

प्रेस मञ्च नेपालले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता पक्षमा सशक्त आवाज बुलन्द गर्दै, पत्रकारिताबाट निष्पक्ष र सत्यतथ्य सूचना सम्प्रेषण गर्न सदा तत्पर रहने र रहनु पर्ने कार्यक्रमका प्रमुख अतिथि मञ्चका उपाध्यक्ष तथा प्रदेश १ इन्चार्ज देवानले बताए । उपाध्यक्ष तथा प्रदेश १ इन्चार्ज देवानका अनुसार अब संगठनलाई सशक्त रुपमा अगाडि बढाउने कार्यक्रमहरु तर्जुमा गरिने छ ।

अन्तरक्रिया कार्यक्रममा उप महासचिव देबेन्द्र खापुङले मञ्चको केन्द्रीय समितिको कार्यक्रमबारे सहभागिहरुलाई जानकारी गराएका थिए । भने, सहभागिहरुले अब तत्काल संगठन निर्माण र प्रशिक्षण साथै पत्रकारिता सम्बन्धि तालिमहरु आयोजना गर्न आवश्यक रहेको औल्याएका थिए ।

प्रेस मञ्च नेपाल जिल्ला कार्य समिति इलामको आयोजनामा सम्पन्न जुम छलफल तथा अन्तरक्रिया कार्यक्रम मञ्चका जिल्ला अध्यक्ष ज्ञानु केदेम लिम्बूको अध्यक्षता सम्पन्न भएको थियो भने सचिव काकीराम लाओतीले सञ्चालन गरेका थिए ।

विश्वव्यापी कोरोनाको कारण कार्यक्रम आयोजना गरी भेटघाट तथा छलफल गर्न असहज परिस्थिती भएकोले जुम मार्फत संगठनको गतिविधिहरु र आगामी कार्यक्रमहरुबारे छलफल गर्न अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको आयोजक समितिका अध्यक्ष ज्ञानु केदेमले बताए ।

 

 

सम्बन्धित खवर