देशभर थप १ हजार ९ सय २० जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु - Mangsebung News
  • बिहिबार, असार २६, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देशभर थप १ हजार ९ सय २० जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु

काठमाडौं । नेपालमा आइतबार थप १ हजार ९ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २७ हजार ६ सय ४२ पुगेको छ ।

यसैगरि आइतबार कोरोनाका कारण थप २४ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा १० हजार ५ सय ९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

नेपालमा थप २ हजार २ सय ४८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ९८ हजार १ सय ७३ जना कोरोनामुक्त भएका छन् ।

देशभर गरिएको ९ हजार ४ सय ४३ पिसिआर परिक्षणका क्रममा १ हजार ७ सय २ र ३ हजार ७३ एन्टीजेन परिक्षणका क्रममा २ सय १८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल ३८ हजार ७ सय ५१ जना संक्रमित आइशोलेशन र ४ सय २१ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३८ लाख ३० हजार ६ सय ९१ वटा पिसिआर र ४ लाख ३२ हजार ५ सय ५५ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित खवर