देशभर थप १ हजार ८ सय १ जनामा कोरोना पुष्टि, २४ को मृत्यू - Mangsebung News
  • बिहिबार, असार २६, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देशभर थप १ हजार ८ सय १ जनामा कोरोना पुष्टि, २४ को मृत्यू

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप १ हजार ८ सय १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यसैगरि पछिल्लो २४ घन्टाको अवधिमा थप २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको भएको छ । यससँगै देशभर मृत्यु हुनेको संख्या १० हजार ५ सय ३३ पुगेको छ ।

मन्त्रालयका अनुसार सोमबार देशभरबाट १ हजार ९ सय २४ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । यससँगै देशभरबाट कोरोना जितेर फर्कनेको संख्या ७ लाख ९७ पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशभर ८ हजार ७ सय ४ आरटी पिसिआर र २ हजार ६ सय २२ एन्टिजेन गरी कुल ११ हजार ३ सय २६ जनामा परीक्षण गरिएकोमा १ हजार ८ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरूमध्ये ३५ हजार १ सय ३२ जना होम आइसोलेसनमा, ३ हजार २ सय १९ संस्थागत आइसोलेसनमा र ३ सय ९३ जना क्वारेन्टिनमा रहेका छन् ।

मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ६ सय ७९ जना र भेन्टिलेटरमा १ सय ७६ जना उपचाररत छन् ।

सम्बन्धित खवर