काठमाडौं । नेपालमा पटिल्ले २४ घन्टाको अवधिमा थप २ हजार ५ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यसैगरि पछिल्लो २४ घन्टाको अवधिमा थप ३५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको भएको छ । यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ५ सय ६८ पुगेको छ ।
देशभरबाट मंगलबार थप २ हजार ८६ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । यससँगै नेपालमा कोरोना जितेर फर्कनेको संख्या ७ लाख २ हजार १ सय ८३ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घन्टामा ९ हजार ९ हजार ९ आरटी पिसिआर र ४ हजार ९ सय १२ एन्टिजेन गरी कुल १४ हजार ८ सय १० जनामा परीक्षण गरिएकोमा २ हजार ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमितहरूमध्ये ३५ हजार १ सय ४५ जना होम आइसोलेसनमा, ३ हजार १ सय ५ संस्थागत आइसोलेसनमा र ३ सय ९५ जना क्वारेन्टिनमा रहेका छन् । मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ६ सय २० जना र भेन्टिलेटरमा १ सय ७० जना उपचाररत छन् ।