काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप २ हजार ४ सय ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यसैगरि देशभर पछिल्लो २४ घन्टाको अवधिमा थप ४४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ६ सय १२ पुगेको छ ।
बुधबार मन्त्रालयका अनुसार देशभरबाट १ हजार ७ सय ८१ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । यससँगै कोरोना जितेर घर फर्कनेको संख्या ७ लाख ३ हजार ९ सय ६४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार देशभर ९ हजार ७ सय ११ आरटी पिसिआर र ५ हजार ५ सय ७९ एन्टिजेन गरी कुल १५ हजार २ सय ९० जनामा परीक्षण गरिएकोमा २ हजार ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएकोे जनाएको छ ।