माङसेबुङ । जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमको आमाको निधन भएको छ ।
बुधबार बिहान विराट नर्सिङ अस्पताल विराटनगरमा सघन उपचारको क्रममा नेता माखिमको आमा गणेशमाया माखिमको निधन भएको हो ।
मृतक माखिमकोे करिब एक वर्षअघि दुवै किड्नीमा खराब भएको थियो । उनको पछिल्लो समय आईसियुमा राखेर उपचार गर्दै आइरहेको थियो ।