काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ३ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ४२ हजार १ सय ९३ पुगेको छ ।
यसैगरि पछिल्लो २४ घण्टाको अवधिमा कोरोनाका कारण थप २४ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाका कारण १० हजार ७ सय १४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तैै थप २ हजार २ सय ६० जना कोरोनामुक्त हुँदा नेपालमा अहिलेसम्म ७ लाख १२ हजार ७ सय १२ जना संक्रमणमुक्त भएका छन् ।
देशभर गरिएको ७ हजार २ सय ५९ पिसिआर परिक्षणका क्रममा १ हजार २ सय १४ जना र ३ हजार ३८ एन्टीजेन परिक्षणका क्रममा १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हाल नेपालमा ३५ हजार ७ सय ९६ सक्रिय संक्रमित आइशोलेशन र ३४३ जना क्वारेन्टाइनमा छन् भने हालसम्म नेपालमा ३८ लाख ९४ हजार १ सय ३७ वटा पिसिआर र ४ लाख ६१ हजार ४ सय ९९ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।