आगमी कार्तिक २९ र ३० मा याक्थुङ मुन चइत चोक सयङको चौथो महाधिवेशन - Mangsebung News
  • बिहिबार, असार २६, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आगमी कार्तिक २९ र ३० मा याक्थुङ मुन चइत चोक सयङको चौथो महाधिवेशन

माङसेबुङ । याक्थुङ मुन चइत चोक सयङ (लिम्बू चलचित्रकर्मी संघ)को चौंथो महाधिवेशन आगामी कार्तिक २९ र ३० गते ललितपुरस्थित चुम्लुङहिममा हुने भएको छ । सयङको शुक्रबार ललितपुर चुम्लुङहिममा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले सयङका अध्यक्ष सुर्यप्रकाश चेम्जोङको संयोजकत्वमा लोकेन सावा र लक्ष्मी योङ्हाङ सदस्य रहेको बिधान मस्यौदा समिति गठन गरेको छ । त्यसैगरी कोषाध्यक्ष राजशुक्र लिम्बुको संयोजकत्वमा कृष्णराज नेम्बाङ, मनु लिम्बू, हाङ चेम्जोङ र पुष्पा तिलिङ मादेन सदस्य रहेको आर्थिक उपसमिति गठन गरेको छ ।

त्यस्तै आदिवासी जनजाति चलचित्र महासंघको महाधिवेशनमा दिनेश लिङ्देन र रुपा आङ्बुहाङलाई प्रतिनिधि र लक्ष्मी योङ्हाङ र बिबि लिम्बुलाई पर्यवेक्षकमा सिफारिस गर्ने पनि बैठकले निर्णय गरेको छ ।

महासचिव वनेम बिक्रम फागोको संयोजकत्वमा सन्देश सुब्बा, सैलेन्द्र थेबे, डिआर हाङ्सरुम्बा र रुपा आङ्बुहाङ सदस्य रहेको संस्थाको स्मारिका प्रकाशन समिति समेत गठन भएको केन्द्रीय सदस्य सागर केरुङले जानकारी दिएका छन् ।

सम्बन्धित खवर