देशभर थप २ हजार २ सय ९५ जनामा कोरोना पुष्टि, १६ को मृत्यु - Mangsebung News
  • बिहिबार, असार २६, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देशभर थप २ हजार २ सय ९५ जनामा कोरोना पुष्टि, १६ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप २ हजार २ सय ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यसैगरि पछिल्लो २४ घन्टाको अवधिमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ७ सय ३० पुगेको छ ।

मन्त्रालयका अनुसार सोमबार देशभरबाट १ हजार ८ सय ८ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । यससँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख १४ हजार ५ सय २० पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशभर ११ हजार ८ सय ९२ आरटी पिसिआर र ३ हजार ३ सय ४१ एन्टिजेन गरी कुल १६ हजार २ सय ३३ जनामा परीक्षण गरिएकोमा २ हजार २ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ३५ हजार ८ सय ७४ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये ३३ हजार ३ सय ३३ जना होम आइसोलेसनमा, २ हजार ५ सय ४१ संस्थागत आइसोलेसनमा र ३ सय ३८ जना क्वारेन्टिनमा रहेका छन् ।

मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ५ सय ६८ जना र भेन्टिलेटरमा १ सय ६० जना उपचाररत छन् ।

 

सम्बन्धित खवर