काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप १ हजार ६ सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यसैगरि पछिल्लो २४ घन्टाको अवधिमा थप २० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको भएको छ । यससँगै नेपालमा मृत्यु हुनेको संख्या १० हजार ७ सय ५० पुगेको छ ।
मन्त्रालयका अनुसार मंगलबार देशभरबाट थप १ हजार ७ सय ८६ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना जितेर घर फर्कनेको संख्या ७ लाख १६ हजार ३ सय ६ पुगेको छ ।
पछिल्लो २४ घन्टामा देशभर ९ हजार १ सय १७ आरटी पिसिआर र ३ हजार १ सय ५ एन्टिजेन गरी कुल १२ हजार २ सय २२ जनामा परीक्षण गरिएकोमा १ हजार ६ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर ३५ हजार ५ सय ९१ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये ३३ हजार २ सय १४ जना होम आइसोलेसनमा, २ हजार २ सय ७७ संस्थागत आइसोलेसनमा र ३ सय २९ जना क्वारेन्टिनमा रहेका छन् ।
यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ५ सय ३७ जना र भेन्टिलेटरमा १ सय ६४ जना उपचाररत छन् ।