देशभर थप २ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि, १६ को मृत्यु - Mangsebung News
  • बिहिबार, असार २६, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देशभर थप २ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि, १६ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ४८ हजार २ सय ८ पुगेको छ ।

यसैगरि नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा कोरोनाका कारण थप १६ जनाको मृत्यु भएको छ । यससंगै नेपालमा कोरोनाका कारण मृत्यू हुनेको संख्या १० हजार ७ सय ८६ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै नेपालमा थप १ हजार ८ सय ४६ संक्रमित कोरोनामुक्त भएर घर फर्किएका छन् । यससँगै नेपालमा ७ लाख २१ हजार १ सय ८२ संक्रमित कोरोनामुक्त भएर घर फर्किएका छन् ।

देशभर गरिएको १० हजार ६ सय ५८ पिसिआर परिक्षणका क्रममा १ हजार ६ सय १९ जना र ३ हजार ९ सय ९२ एन्टीजेन परिक्षणका क्रममा ३ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा ३३ हजार ९ सय ४६ सक्रिय संक्रमित आइशोलेशन र ३ सय २ जना क्वारेन्टाइनमा छन् ।

 

सम्बन्धित खवर