काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ७ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ५१ हजार ९ सय ६४ पुगेको मन्त्रालयले छ ।
यसैगरि नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरसका कारण थप २३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट मृत्यू हुनेको संख्या १० हजार ८ सय ९ जना पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै देशभर थप २ हजार २ सय ७४ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । यससँगै नेपालमा ७ लाख २३ हजार ४ सय ५६ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।
देशभर गरिएको ९ हजार ७ सय ७३ पिसिआर परिक्षणका क्रममा १ हजार ३ सय ५७ र ४ हजार ५ सय ६१ एन्टीजेन परिक्षणका क्रममा ३ सय ९९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभर ३३ हजार ७ सक्रिय संक्रमित आइसोेलेसन र २ सय ७४ जना क्वारेन्टिनमा छन् भने, नेपालमा अहिलेसम्म ३९ लाख ४६ हजार १ सय ८९ वटा पिसिआर र ४ लाख ८१ हजार ८ सय २१ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।