देशभर थप १ हजार २ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि, ९ को मृत्यु - Mangsebung News
  • बिहिबार, असार २६, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देशभर थप १ हजार २ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि, ९ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप १ हजार २ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यसैगरि पछिल्लो २४ घन्टाको अवधिमा थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८ सय १८ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा देशभरबाट २ हजार १ सय ९५ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । यससँगै कोरोना जितेर घर फर्कनेको संख्या ७ लाख २५ हजार ६ सय ५१ पुगेको मन्त्रालयले जनाएको छ ।

देशभर ६ हजार ७ सय ५३ आरटी पिसिआर र ३ हजार १ सय २२ एन्टिजेन गरी कुल ९ हजार ८ सय ७५ जनामा परीक्षण गरिएकोमा १ हजार २ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल ३१ हजार ८ सय २६ जना कोरोना संक्रिय संक्रमित रहेका छन् । संक्रमितहरूमध्ये २९ हजार ६ सय ५८ जना होम आइसोलेसनमा, २ हजार १ सय ६८ संस्थागत आइसोलेसनमा र २ सय ७४ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ५ सय ५४ जना र भेन्टिलेटरमा १ सय ७२ जना उपचाररत छन् ।

 

सम्बन्धित खवर