कुसल थलङको आवाजमा ‘समुन्द्र पारी’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कुसल थलङको आवाजमा ‘समुन्द्र पारी’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । लोकप्रिय गायक कुसल थलङको सुमधुर आवाजमा सजिएको मर्मस्पर्शि गीत ‘समुन्द्र पारी’ सार्वजनिक गरिएको छ ।

गीतकार खड्ग पौड्यलको शब्द तथा संगीतकार कृष्णकुमार राईको संगीतमा सजिएको मनै रुवाउने गीत ‘समुन्द्र पारी’ गायक कुसल थलङको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

साँचो माया पाउनु मात्र होईन त्याग गर्नुपनि हो भन्ने प्रेम प्रसंगलाई प्रस्तुत गरिएको युवहाङ राईको परिकल्पनामा भुपेन्द्र तुम्बाहाम्फेको निर्देशन तथा छायाँकन रहेको भिडियोमा सुजता थुलुङ राई र युवाहाङ राईले अभिनय गरेका छन् ।

सोम मगरातीको मेकअप, सुमन तामाङको ड्रोन र अनिल रानाको सम्पादन रहेको भिडियोमा कानुन लिम्बु, रोयल लिम्बु, रमेश मिभक र सुमन आङ्देम्बेले पनि अभिनयमा साथ दिएका छन् ।

टेकेन्द्र यक्सोको संगीत संयोजनमा भ्वाईस अफ डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतलाई दीप घतानीले मिक्सिङ गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर