काठमाडौं । देशभर पछिल्लो २४ घण्टाको अवधिमा थप एक हजार ६ सय ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यसैगरि पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यू भएको मन्त्रालयले जनाएको छ । यससँगै अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ८ सय ८९ पुगेको छ ।
यस्तै कोरोना संक्रमणबाट निको भई घर जानेको संख्या दुई हजार १ सय ६१ जना पुगेको छ । यससँगै अहिलेसम्म नेपालमा ७ लाख ३३ हजार १ सय ६१ जना निको भई घर फर्किएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा १३ हजार ४ सय ५५ जनामा परीक्षण गर्दा एक हजार ६ सय ४० जनामा संक्रमण देखिएको हो ।
हाल कोरोना सक्रिय संक्रमित २९ हजार ४ सय ७९ जना रहेका छन् । यस्तै ४ सय ८८ जना सघन उपचार कक्ष (आईसीयू), १ सय ४० जना भेन्टिलेटर, २७ हजार ६ सय ९० जना होम आइसोलेसन, एक हजार ७ सय ८९ जना संस्थागत आइसोलेसन र २ सय ५६ जना क्वारेन्टिनमा छन् ।